News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री आरजुले लिइन् इजरायल र लेबनानमा रहेका नेपालीबारे जानकारी
फाइल तस्बिर।

काठमाडौं— परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपाली नागरिकबारे राजदूतहरूसँग जानकारी लिएका छन्।

आइतबार उनले इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरूसँग जानकारी लिएकी हुन्।

‘इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहनुभएका नेपाली नागरिकहरूको अवस्थाका बारेमा इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरूसँग आज जानकारी लिएँ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।

त्यस्तै अहिलेसम्म नेपाली नागरिकहरू सुरक्षित नै रहेको जानकारी दिएकी छिन्। अप्ठेरोमा परेका नेपाली नागरिकहरूलाई भने सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आह्वान गरेको पनि बताइन्। अप्ठेरोमा परेका नागरिकको उद्धार गर्नमा सहजीकरण गर्न पनि उनले राजदूतहरूलाई निर्देशन दिएका हुन्।

‘आवश्यकताअनुसार नेपाली नागरिकहरूलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भएमा त्यसका लागि समेत आवश्यक गृहकार्य गरी मन्त्रालयलाई निरन्तर जानकारी गराउन मैले उहाँहरूलाई निर्देशन दिएकी छु,’ उनले भनिन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:२५
Weather Update