News Griha :: न्यूजगृह
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ। असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय पञ्चबहादुर बोटेलाई आज पक्राउ गरेको हो। सोमबार राति पत्नीको हत्या गरी फरार भएको आरोप लागेका बोटेलाई आज गोरखाको पालुङटार नगरपालिका–७ बिरुवाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतझैँ यस वर्ष पनि बिदाका दिनमा कार्यालय खुला राख्ने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए। 
दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो
दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो दसैँ र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढेको छ। भुक्तानी प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको हो।
सीतापाइलामा चारवटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल चालक घाइते
सीतापाइलामा चारवटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल चालक घाइते काठमाडौंको सीतापाइलामा चार वटा गाडी आपसमा ठोक्किएका छन्। मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डीआई गाडी दुर्घटनामा परेका हुन्।
अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन
अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । ‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको...
सिन्धुलीमा देखियो उँट
सिन्धुलीमा देखियो उँट काठमाडौं सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ। मङ्गलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन।उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए।
तालबाराही मन्दिर पुननिर्माण गरिँदै
तालबाराही मन्दिर पुननिर्माण गरिँदै तालबाराही मन्दिरबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै धौलागिरि हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने त्यहाँबाट पर्यटकीय सराङकोट, पुम्दीभुम्दी,  कास्कीकोट दरबारसमेत दृष्यावलोकन गर्न सकिन्छ। स्थानीयवासी वासु त्रिपाठीले मन्दिरको पुनःनिर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए। पोखराको गहना फेवाताल र तालबाराही मन्दिरको अवलोकन र दर्शन गर्न देशविदेशबाट धार्मिक पर्यटक आउने भएकाले पुरानै स्वरूपमा मन्दिर चाँडो सम्पन्न गर्नुपर्ने...
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु
दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। 
जनमत पार्टीका सचिवसहित ७ जनाको निलम्बन फुकुवा
जनमत पार्टीका सचिवसहित ७ जनाको निलम्बन फुकुवा त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ।
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ।
पुण्य गौतममाथि निर्घात कुटपिट
पुण्य गौतममाथि निर्घात कुटपिट गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।
Weather Update