मनसुन क्रमशः कमजोर हुँदै बुधबार, असोज २३, २०८१

जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन! मंगलबार, असोज २२, २०८१ सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन्। आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ।

भारतको जम्मु–कस्मिरमा एक दशकपछि स्थानीय सरकार गठन हुँदै, कांग्रेस गठबन्धनलाई बहुमत मंगलबार, असोज २२, २०८१ भारत प्रशासित कस्मिरका मतदाताले विगत एक दशकपछि पहिलोपटक मङ्गलबार आफ्नो सरकार चयन गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो।

सामान्य बन्दै हवाई उडान, टिकट पाउन भने मुस्किल मंगलबार, असोज २२, २०८१ बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप विस्तारै सामान्य बन्दै गएको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि विकल्पका रुपमा रहेको हवाई उडानमा अत्यधिक चाप भएको थियो।

मेलम्चीको पानी काठमाडौंमा, एक दिन बिराएर वितरण गरिने मंगलबार, असोज २२, २०८१ खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्।
फूलपाती बढाइँ समारोहको रिहर्सल [तस्बिरहरू] मंगलबार, असोज २२, २०८१

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ : प्रधानमन्त्री मंगलबार, असोज २२, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरे।

काठमाडौं उपत्यकासहित थप यी स्थानबाट बाहिरियो मनसुन मंगलबार, असोज २२, २०८१ मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिन–२ अनुसार आज (असोज २२ गते) कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सबै क्षेत्र साथै काठमाडौं उपत्यका लगायत बागमती प्रदेशको पश्चिमी भेग र मधेस प्रदेशका पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको हो।

बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने मंगलबार, असोज २२, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद्को बैठकका निर्णय मङ्गलबार सार्वजनिक गर्दै भने, 'कतै धेरै क्षति भएको छ भने कतै थोरै। क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।'

राष्ट्रपतिले असोज २६ गते ३ देखि ५ बजेसम्म दसैँको टीका लगाइदिने मंगलबार, असोज २२, २०८१ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन्।

सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण, रेडियो नेपाल र नेपाल टेलिभिजन अब एउटै संस्था बन्ने मंगलबार, असोज २२, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजन लाई एकीकृत गरी एउटै छानामुनिबाट सञ्चालन गर्न उक्त कानुन ल्याइएको छ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु मंगलबार, असोज २२, २०८१ दुर्घटनामा मोटरसाइकल चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो।

धवलागिरिमा ५ जना आरोहीको मृत्यु मंगलबार, असोज २२, २०८१ धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ। आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।









