News Griha :: न्यूजगृह
राष्ट्रपतिले असोज २६ गते ३ देखि ५ बजेसम्म दसैँको टीका लगाइदिने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले  असोज २६ गते सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्। मङ्गलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन्।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, सांसद, प्रदेश प्रमुख, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जङ्गी तथा प्रहरीतर्फका अधिकृतसम्मका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म राष्ट्रपतिले टीका लगाइदिने छन्।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:४५
Weather Update