फूलपाती बढाइँ समारोहको रिहर्सल [तस्बिरहरू]
काठमाडौंको टुँडिखेलमा हुने फूलपाती बढाइँ समारोहको लागि आज ग्रान्ड रिहर्सल गरिएको छ। रिहर्सलको प्रधानसेनापति अशोकराज सिग्देलले निरीक्षणसमेत गरे।
हनुमानढोका दरबार स्क्वायरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाद्वारा २१ तोपको बढाइँ गर्ने चलन रहेको छ।
फूलपाती बढाइँ कार्यक्रमका लागि सैनिक मञ्च टुँडिखेललाई सिँगार्ने काम भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरिने छ।
तस्बिर सौजन्य: सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १९:४५



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






