News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्यमा गिरावट
सुनचाँदीको मूल्यमा गिरावट दसैँ बिदा सुरु हुने अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो।
श्रीमतीको हत्यागरि टाउको बोकेर हिँडेको अवस्थामा युवक पक्राउ
श्रीमतीको हत्यागरि टाउको बोकेर हिँडेको अवस्थामा युवक पक्राउ मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन्। हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले बताए।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना प्रदेश ३–०१–००६ ख०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ। घाइतेको चरिकोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन २०० उडान
खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन २०० उडान नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौंबाट एक सय ९८ वटा उडान भएका हुन्। हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन्। उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन्।
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारिसाधन र यात्रीको चाप बढेको छ।
हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: प्रचण्ड
हामी संविधान परिमार्जन र संशोधनको विरोधी होइनौं: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको बताएका छन्।बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा विगतमा पनि माओवादी केन्द्रले दुई पटक संविधान संशोधनको प्रस्ताव राखेर मधेसवादी दलहरूलाई समझदारीमा ल्याएको स्मरण पनि गरे।
पलाञ्चोकमा दर्शनार्थी खचाखच
पलाञ्चोकमा दर्शनार्थी खचाखच विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ। 
अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर
अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ विनिमय दर मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएकामा आज खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
दसैँ आयो...
दसैँ आयो...
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, ८ सडकमा एकतर्फी आवागमन
विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, ८ सडकमा एकतर्फी आवागमन बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार अन्य ८ वटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ।
रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते
रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते काठमाडौंबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
Weather Update