News Griha :: न्यूजगृह
अमेरिकाको फ्लोरिडामा भयङ्कर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा
अमेरिकाको फ्लोरिडामा भयङ्कर आँधीतुफान, हजार वर्षकै सबैभन्दा बढी बर्षा अमेरिकाको फ्लोरिडा राज्यको ‘सिएस्टा की’ सहरको तटीय क्षेत्रमा बिहीबार बिहान मिल्टन आँधी आएको छ।जसका कारण फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पछिल्लो एक हजार वर्षयताकै सबैभन्दा बढी वर्षा भएको छ। ३ घण्टामा १६ इन्च पानी परेको छ। जुन हरेक ३ महिनामा हुन्थ्यो।
देशभरका शक्तिपीठमा भक्तजनको भीड
देशभरका शक्तिपीठमा भक्तजनको भीड नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो।
काठमाडौंबाट गएको जीप दोलखामा दुर्घटना
काठमाडौंबाट गएको जीप दोलखामा दुर्घटना काठमाडौंबाट मेलुङ गाउँपालिका ४ जाँदै गरेको बागमती प्रदेशको ०१-०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका २ मा बिहीबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए।
‘नो हर्न’ अभियानमा कडाइ गर्दै ट्राफिक प्रहरी
‘नो हर्न’ अभियानमा कडाइ गर्दै ट्राफिक प्रहरी 'नो हर्न' लाई अभियानकै रूपमा सञ्चालन गरी पर्चा पम्प्लेट वितरण, सचेतना कार्यक्रम सञ्चालन, नो हर्न स्टिकर टाँस लगायत विविध कार्यक्रम गरी हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो। सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भए पनि पछिल्ला दिनहरूमा क्रमशः हर्नको प्रयोगमा केही वृद्धि भए पश्चात् कडाइका साथ कारबाही समेत ट्राफिक प्रहरीले गर्दै...
फेरि बुद्ध एअरका यात्रुले 'इमरजेन्सी' ढोका खोले
फेरि बुद्ध एअरका यात्रुले 'इमरजेन्सी' ढोका खोले बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार काठमाडौंबाट जनकपुरका लागि उडेको विमान खराब मौसमका कारण विराटनगर पुगेको थियो ।
यसकारण कमजोर बन्दै छन् नेपालीका हाड
यसकारण कमजोर बन्दै छन् नेपालीका हाड 'हिजोआजको पुस्ताको त हाडै कच्चा। सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने। हात खुट्टा झनै कमजोर। सामान्य रूपमै भ-याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन्। न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै। कसरी बलियो होस् त हड्डी?'
गोरखामा एक महिलाको हत्या
गोरखामा एक महिलाको हत्या मध्यरातमा अपरिचित व्यक्तिले घरमा प्रवेश गरी हत्या गरेको छोराले देखेको प्रहरीसमक्ष बयान दिएका छन्। ‘छोराले कोही आएर दुई पटक हिर्काएर गएको देखेको भनेर हामीसँग भनेका छन्। को हो भन्ने चिन्न सकेनछ,’ कार्कीले भने, ‘पछि आफन्तलाई खबर भएपछि घटनाको आधा घण्टामै प्रहरी घटनास्थलमा पुगिसकेको थियो।’
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल
ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो।
४९ उद्योगले तिरेनन् विद्युत महसुल, कात्तिक ८ भित्र बक्यौता बुझाउन प्राधिकरणको ताकेता
४९ उद्योगले तिरेनन् विद्युत महसुल, कात्तिक ८ भित्र बक्यौता बुझाउन प्राधिकरणको ताकेता नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरूको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ।
एकै रातमा जुवा खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार रुपैयाँ बरामद
एकै रातमा जुवा खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार रुपैयाँ बरामद कैलालीको दुई ठाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोदावरी नगरपालिका- २ तेघरी सामुदायिक वनको जंगलमा तास खेलिरहेको अवस्थामा २२ हजार ९ सय ५५ रुपैयाँसहित ४ जना पक्राउ परेका हुन्। 
बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै
बडादसैँको सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइँदै आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्‍तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 
Weather Update