
कैलाली— कैलाली र कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा एकै रातमा ४८ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट २ लाख ८४ हजार ९ सय ९६ रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
कैलालीको दुई ठाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोदावरी नगरपालिका- २ तेघरी सामुदायिक वनको जंगलमा तास खेलिरहेको अवस्थामा २२ हजार ९ सय ५५ रुपैयाँसहित ४ जना पक्राउ परेका हुन्।
गौरीगंगा नगरपालिका– १ चौमालास्थित होटलको कोठामा तास खेलिरहेको अवस्थामा ८१ हजार ९ सय ४१ रुपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यसैगरी कञ्चनपुरका दुई स्थानबाट तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–५ सोभातालमा २७ र कृष्णपुर नगरपालिका–४ किचाईमा १० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन।
उनीहरुको साथबाट १ लाख ८० हजार १ सय रुपैयाँ पनि बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बेलौरी नगरपालिका–५ सोभातालस्थित बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट ५२ हजार १ सय २८ रुपैयाँ र ४ गड्डी सहित पनि बराबर गरिएको छ।
यस्तै, कृष्णपुर नगरपालिका–४ किचाईस्थित प्रकाश ऐरको घरको कोठाभित्र तास खेलिरहेको १० जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १ लाख २७ हजार ९ सय ७२ रुपैयाँ र २ गड्डी तास बराबर गरिएको छ।