News Griha :: न्यूजगृह
काठमाडौंबाट गएको जीप दोलखामा दुर्घटना

काठमाडौं— दोलखामा गाडी दुर्घटना परेको छ।

काठमाडौंबाट मेलुङ गाउँपालिका ४ जाँदै गरेको बागमती प्रदेशको ०१-०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका २ मा बिहीबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।

जीप आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो। उक्त जीपमा सवार १२ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर शत्रुजन महतोले जानकारी दिए।

'घाइते ६ जनामध्ये ५ लाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। त्यसमा दुई जनाको अवस्था गम्भीर छ,' उनले भने।
एक जनालाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको इन्स्पेक्टर महतोले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:४९
Weather Update