तीन प्रदेशमा वर्षाको सम्भावना शनिबार, असोज २६, २०८१

को हुन् रतन टाटाको उत्तराधिकारी बन्न लागेका नोएल? शुक्रबार, असोज २५, २०८१ एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राखेका दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ। बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका हुन्। रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए।

बन्चरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शुक्रबार, असोज २५, २०८१ बिहीबार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर थापाले जानकारी दिए।

पहिरो पन्छाएर एकतर्फी खुलाइयो बीपी राजमार्ग शुक्रबार, असोज २५, २०८१ शुक्रबार बिहान करिब ३ बजेतिर समयमा काभ्रेको रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ६८१७ नम्बरको सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको थियो।

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री शुक्रबार, असोज २५, २०८१ होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक दशरथ साहले जनकपुरधाममा करिब ६५ हजार किलो लड्डु बिक्री भई तीन करोड बराबरको कारोबार भएको प्रारम्भिक अनुमान रहेको बताए।
दसैँमा काठमाडौंका सडक सुनसान शुक्रबार, असोज २५, २०८१ दसैँको अष्टमी/नवमीको दिनमा राजधानीमा न्यून मात्रामा चलिरहेका सवारी साधन। राजधानीको दरबारमार्ग, रत्नपार्क, भद्रकाली सिंहदरबार, बानेश्वर, कोटेश्वर, बालकुमारीलगायत क्षेत्रका सडक सुनसान छन्।

जापानी संस्था निदोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २५, २०८१ उनीहरूले विश्वलाई आणविक हतियारमुक्त बनाउने अभियान चलाइरहेका छन्। उक्त संस्था सन् १९५६ मा स्थापना भएको हो। पारमाणविक हतियारले कस्तो असर पुर्याउँछ भन्ने कुराको आफूहरू नै साक्षी रहेको बताउँदै उक्त संस्थाले आणविक हतियार कहिल्यै प्रयोग गर्न नहुने कुराको वकालत गर्दै आएको छ।

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि शुक्रबार, असोज २५, २०८१ पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए। 'धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भूत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्,' अध्यक्ष चौधरीले भने।

दसैँ अघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी, ४५ अर्ब भुक्तानी हुन बाँकी शुक्रबार, असोज २५, २०८१ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्।

टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा शुक्रबार, असोज २५, २०८१ भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ।

भाटभटेनीका मालिकले दिएको जग्गामा एमाले मुख्यालय बन्ने, ओलीले गरे शिलान्यास शुक्रबार, असोज २५, २०८१ उद्यमी मीनबहादुर र सावित्री गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले बताए। हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो।

१३ लाख मानिस उपत्यकाबाट बाहिरिए शुक्रबार, असोज २५, २०८१ एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो।१८ लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।

काभ्रेमा बस र सुमो सुख्खा पहिरोमा पुरिए, बीपी राजमार्ग पुनः अवरूद्ध शुक्रबार, असोज २५, २०८१ सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका— ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ।









