News Griha :: न्यूजगृह
काभ्रेमा बस र सुमो सुख्खा पहिरोमा पुरिए, बीपी राजमार्ग पुनः अवरूद्ध

काठमाडौं— सुख्खा पहिरोका कारण बीपी राजमार्ग पुनः पूर्णरुपमा अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका— ११ पिप्लेमा माथिबाट खसेको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ।

पहिरोले सिन्धुली खुर्कोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई धकेली २० मिटर तल पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पनि पहिरोले पुरेको प्रहरीको भनाई ।

सुमोको पछाडि भागमा मात्रै देखिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अहिले दुवैतर्फ सडक अवरुद्ध भएकाले यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:५९
Weather Update