पोखरामा राँगोले हानेर एक जनाको मृत्यु बिहीबार, असोज २४, २०८१

नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको गाडी सल्यानमा दुर्घटना बिहीबार, असोज २४, २०८१ लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहीबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो।

मकवानपुरको भीमफेदीमा मिनीबस र ट्याक्सी ठोक्किए, ३५ जना यात्रु घाइते, ६ को अवस्था गम्भीर बिहीबार, असोज २४, २०८१ हेटौँडा–भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ।

भारतका चर्चित उद्योगपति रतन टाटाको निधन बिहीबार, असोज २४, २०८१ भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो।

दसैँ बिदामा पनि निरन्तर पेट्रोलियम पदार्थ वितरण हुने बुधबार, असोज २३, २०८१ विराटनगर डिपो २४ र २८ असोजमा खुला रहने छ। अमलेखगञ्ज डिपो २४, २५ र २८ असोजमा खुला रहने भएको छ। थानकोट डिपो २४, २५ र २८ असोजमा खुला हुनेछ। सुर्खेत, भैरहवा र पोखरा डिपो २४ र २८ मा खुल्ने छन्।

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो बुधबार, असोज २३, २०८१ नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ। गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो। यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ।

टुटेश्वरमा युवतीको शव फेला बुधबार, असोज २३, २०८१ कालो भेस्ट र निलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

दसैँ अवधिमा यस्तो छ मौसम बुधबार, असोज २३, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ।

गुल्मीको शान्तिपुर जाँदै गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते बुधबार, असोज २३, २०८१ दुर्घटनामा १५ जना घाइते भएको र एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले बताए।

रहेनन् गीतकार विश्व बल्लभ बुधबार, असोज २३, २०८१ गत असोज १४ गते मस्तिष्कघात भइ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा बल्लभको निधन भएको हो।बल्लभको निधनबारे वरिष्ठ गीतकार तथा कवि दिनेश अधिकारी तथा राजेन्द्र थापाले समेत सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री बुधबार, असोज २३, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ।

धौलागिरिमा मृत्यु भएका ५ आरोहीको शव तत्काल ल्याउन नसकिने बुधबार, असोज २३, २०८१ धौलागिरि प्रथम हिमालको ७ हजार ६ सय मिटर उचाइमा मृत फेला परेका ५ जना रूसी आरोहीको शव तत्काल ल्याउन नसकिने भएको छ।
सुनचाँदी धितोमा ५० लाखभन्दा बढी कर्जा नपाइने बुधबार, असोज २३, २०८१ नेपाल राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सुनचाँदी धितो कर्जामा सीमा तोकेको हो।









