पोखरामा राँगोले हानेर एक जनाको मृत्यु

पोखरा— पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो।
उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए। ३७ वर्षका आचार्य पोखरा महानगरपालिका-१७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतना माविमा अध्यापनरत थिए ।
राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ। मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ ०८:२६