नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको गाडी सल्यानमा दुर्घटना

रुकुम पश्चिम— बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ।
लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहीबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो।
दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले बताए। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको उनको भनाइ छ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ ०८:१६