News Griha :: न्यूजगृह
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै

काठमाडौं—  काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारिसाधन र यात्रीको चाप बढेको छ।

busspark_1-1728441797.jpgविगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, 'आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ ।' 

dashain_ghar_public-(1)-1728441600.jpgदैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए।

dashain_ghar_public_2-1728441600.jpgहाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्। 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०९:४३
Weather Update