News Griha :: न्यूजगृह
भारतको जम्मु–कस्मिरमा एक दशकपछि स्थानीय सरकार गठन हुँदै, कांग्रेस गठबन्धनलाई बहुमत

काठमाडौं— भारत प्रशासित कस्मिरका मतदाताले विगत एक दशकपछि पहिलोपटक मङ्गलबार आफ्नो सरकार चयन गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ अगस्ट ५ मा धारा ३७० खारेज गर्दै जम्मु–कस्मिरको विशेष दर्जा हटाएर र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो।

त्यसबेलादेखि, भारत र पाकिस्तानबीच विभाजित लगभग १ करोड २० लाख जनसङ्ख्या रहेको मुस्लिम बहुल क्षेत्रमा निर्वाचित स्थानीय सरकार छैन।  यो नयाँ दिल्लीद्वारा नियुक्त गभर्नरद्वारा शासित रहेको छ।

प्रधानमन्त्री मोदी तेस्रो कार्यकाल सत्तामा आएपछि गत जुनमा भएको राष्ट्रिय चुनावमा जम्मु–कस्मिरका मतदाताहरुले सहभागीता जनाएका थिए तर सन् २०१४ देखी यस क्षेत्रमा भएको यो पहिलो विधानसभा चुनाव हो।

नेसनल कन्फरेन्स पार्टी (एनसी) र कांग्रेसको गठबन्धनलाई सरकार गठन गर्न बहुमत प्राप्त भएसँगै समर्थकहरूमा हर्षोल्लास छाएको छ। सत्तारुढ प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा)ले भने कुल २७ मत प्राप्त गरेको छ।

आज मध्यान्हसम्म एनसी र काङ्ग्रेसले विधानसभामा ९० मध्ये ४७ सिट जितेको निर्वाचन आयोगको तथ्याङ्कले बताएको थियो। 

कतिपयले यस निर्वाचनलाई जम्मु–कस्मिर क्षेत्रको विशेष दर्जा खारेज गर्ने सङ्घीय सरकारको निर्णयमाथि वास्तविक जनमतसङ्ग्रह भएको बताएका छन्।

‘नयाँ दिल्लीले जे गरेको छ त्यस विरुद्ध जनताले आफ्नो निर्णय दिएका छन्,’  सामाजिक अभियान्ता इकबाल अहमद भटले भने। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २०:११
Weather Update