पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

रूपन्देही — पाल्पाको तिनाउ गाउँपालिका–२ मा पर्ने नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो।
सोमबार साँझ नुवाकोटमा बास बसेर मङ्गलबार बिहान उनीहरु लु ४१ प २०१० नम्बरको मोटरसाइकलमा बुटवल फर्कँदै थिए।
बुटवल– १३ मा पर्ने नुवाकोट भ्यु प्वाइन्ट नजिक आउँदा मोटरसाइकल सडकबाट ६० मिटर तल खस्दा चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको हो।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १८:२५