अर्थतन्त्र सुधारमा राय दिन पूर्व अर्थसचिव खनाल नेतृत्वमा आयोग गठन
काठमाडौं— सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।
‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री गुरुङले भने ।
निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १४:०९