-1728365937.jpg)
काठमाडौं— पुण्य गौतममाथि निर्घात कुटपिट भएको छ। सोमबार बेलुकी सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बेसीगाउँमा रहेको उनको घर अगाडिको बाटोमा गौतममाथि कुटपिट भएको हो।
गौतममाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्।
गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार गरिएको छ। उनको टाउकोमा चोट लागेको छ। प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ भने संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
गौतमकी श्रीमती अपेक्षा अधिकारीका अनुसार आईसीयूमा राखेर उपचार भइरहेको छ। ‘उहाँ हिजो बेलुकी घर फर्कदै हुनुहुन्थ्यो। त्यसै क्रममा घरनजिकै एक जना व्यक्तिले रडले हिर्काएछन्,’ उनले भनिन्, ‘उहाँको टाउकोमा चोट छ भने टाँका लगाइएको छ, आईसीयूमै हुनुहुन्छ।’