News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं— प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो। 

शपथपछि प्रधानन्यायाधीश राउतलाई सभामुख, प्रधानमन्त्री, लगायतले बधाई तथा शुभकामनासमेत दिए।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:००
Weather Update