News Griha :: न्यूजगृह
खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा
थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपलब्ध गरेको सहुलियत दरको खसी, बोका र च्याङ्ग्रा।

काठमाडौं— खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दसैँ लक्षित खसी र च्याङ्ग्रा बेच्न सुरु गरेको छ। आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ।

काठमाडौं उपत्यकालाई लक्षित गरी कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा एवम् मकवानपुर, दाङ लगायत स्थानबाट खसी ल्याएको हो।

khasi_boka_1-1728206418.jpg‘खसी र च्याङ्ग्राको बिक्री आजदेखि सुरु गरेका छौँ। ३ सय च्याङ्ग्रा र २ सय ८ वटा खसी काठमाडौं ल्याइसकेका छौँ,’ खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्।

खाद्यले जिउँदो खसीको मूल्य प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको प्रतिकेजी मूल्य १ हजार २३० रुपैयाँ तोकिको छ। तर, यो मूल्यमा १० रुपैयाँ प्रतिकेजी छुट पाइन्छ।

कम्पनीले मकवानपुर, दाङ लगायत स्थानबाट १ हजार ५ सय वटा खसी र मुस्ताङबाट ३ सय वटा कालो च्याङ्ग्रा ल्याएर बेच्ने तयारी गरेको छ।

khasi_boka_2-1728206418.jpgकम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट नवमीको दिनसम्म खसी र च्याङ्ग्रा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारले कम्पनीलाई ३ करोड बजेट विनियोजन गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:०६
Weather Update