News Griha :: न्यूजगृह
राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। 
बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए। 

उनका अनुसार पार्टीको विधान बमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

‘सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आईटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १९:३६
Weather Update