ललितपुरको बालकुमारीमा पुरुषको शव भेटियो
काठमाडौं— ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ।
मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार उक्त शव खोलाले बगाएर ल्याएको आशंका गरिएको छ।
शवको पहिचान भएको छैन। शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१ २०:१०