News Griha :: न्यूजगृह
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बाढीपहिरोः काभ्रेमा एक विदेशीसहित ६२ को मृत्यु, एकै परिवारका ४ जना बेपत्ता
बाढीपहिरोः काभ्रेमा एक विदेशीसहित ६२ को मृत्यु, एकै परिवारका ४ जना बेपत्ता केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ। घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन्।मृतकमध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो। घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन्। 
सर्वोच्चका प्रस्तावित २ न्यायाधीशविरुद्ध उजुरी आह्वान
सर्वोच्चका प्रस्तावित २ न्यायाधीशविरुद्ध उजुरी आह्वान समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो।प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ।
हवाई उडानमा नयाँ रेकर्ड  कायमः सोमबार भए साढे ५ सय उडान
हवाई उडानमा नयाँ रेकर्ड  कायमः सोमबार भए साढे ५ सय उडान काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो।
दाउन्नेमा एकतर्फी सडक खुल्यो
दाउन्नेमा एकतर्फी सडक खुल्यो गएराति सडक भासिएर अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन्।
बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने
बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ।असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना भने रहन्छ। त्यसैले यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी
दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गएरातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ।बर्दघाट नगरपालिका–४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो।
दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 
राजमार्गमा दृष्य एक, पीडा अनेक
राजमार्गमा दृष्य एक, पीडा अनेक सडकको अवस्था दयनीय छ। जहाजको टिकट महँगो छ। दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सवारी चाप बढ्नै बाँकी छ। चाडपर्वको मुखमा हरेक वर्ष ठूलाठूला दुर्घटना भएका उदाहरण प्रशस्तै छन्। सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सबैक्षेत्र र निकायको समन्वय अनिवार्य देखिन्छ।
मन्त्रिपरिषद्को निर्णय : मृतकका परिवारलाई जनही २ लाख, तीन दिन राष्ट्रिय शोक
मन्त्रिपरिषद्को निर्णय : मृतकका परिवारलाई जनही २ लाख, तीन दिन राष्ट्रिय शोक प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। बैठकले बाढीपहिरोमा मृत्यु भएकाको सम्झनामा ३ दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय पनि गरेको छ । उक्त अवधिमा सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।
बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु
बाढीपहिरो र डुबानबाट २१७ को मृत्यु प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए। 
घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य
घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।
Weather Update