News Griha :: न्यूजगृह
दाउन्नेमा एकतर्फी सडक खुल्यो

नवलपरासी— गएराति सडक भासिएर अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा एकतर्फी रूपमा यातायातका साधन चल्न थालेका छन्।

इलाका प्रहरी कार्यालय बर्दघाटका सञ्चार शाखाका कमल थापाका अनुसार साना गाडी र मोटरसाइकलको आउजाउ सुरु भएको छ।

धेरै लामो जाम भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ। दाउन्नेको खुर्सानीखोलामा सडक भासिँदा र पहिरो खसेर यातायात अवरुद्ध भएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:३५
Weather Update