दाउन्नेमा डाइभर्सन बनाइँदै, एकतर्फी सडक खुलाउने तयारी
नवलपरासी— पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको स्थानमा गएरातिदेखि डाइभर्सन निर्माणको काम सुरु भएको छ।
बर्दघाट नगरपालिका–४ खुर्सानीखोलानजिकै सोमबार सडक भासिएको थियो। जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको हो।
सोमबार राति ११ बजेदेखि डाइभर्सन निर्माणको काम सुरु भएको र आज दिउँसोसम्ममा एकतर्फी भए पनि यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
अलपत्र परेका सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ०८:३४