दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ सोमबार, असोज १४, २०८१

वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री! सोमबार, असोज १४, २०८१ वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्काएको छ। आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो।

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन सोमबार, असोज १४, २०८१ अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ।

धादिङ प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए सोमबार, असोज १४, २०८१ प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वार्टर तानेको छ। केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ।बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वार्टरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो।

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? सोमबार, असोज १४, २०८१ नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबारदेखि वर्षाको सम्भावना, कहाँकहाँ पर्ने छ प्रभाव? सोमबार, असोज १४, २०८१ आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेससहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू सोमबार, असोज १४, २०८१ सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो।खपडाको छाना भएको यादवको कच्ची घर लडेको प्रहरीले जनाएको छ । चार फिटसम्म पानी जमेपछि माटो गलेर घर भत्किएको स्थानीयको भनाइ छ।
रूख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध सोमबार, असोज १४, २०८१ लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रूख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन्।

जारको पिउने पानीमा दिसापिसाबका कीटाणु, यी हुन् कारबाहीमा परेका उद्योग सोमबार, असोज १४, २०८१ सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ।

कालीमाटीमा सबैभन्दा महँगो तरकारी प्याज, अरुको मूल्य कति? सोमबार, असोज १४, २०८१ देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ। राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको छ।

आयल निगम भन्छ- तत्काल पेट्रोलियम पदार्थ अभाव हुँदैन सोमबार, असोज १४, २०८१ निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर सोमबार, असोज १४, २०८१ युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै सोमबार, असोज १४, २०८१ न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भए। उनले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए।









