धादिङ र काभ्रेका सीडीओलाई जिम्मेवारीबाट हटाइयो सोमबार, असोज १४, २०८१

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु, ३० जना बेपत्ता सोमबार, असोज १४, २०८१ अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्।प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

आज पहाडी भूभागमा बदली र वर्षाको सम्भावना सोमबार, असोज १४, २०८१ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो सोमबार, असोज १४, २०८१ नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अलआउट भयो। उसका लागि सोएब खनाले ४५ रन र रफिउल्लाहले ३३ रन बनाए। ओपनरद्वय कश्यप प्रजापति शून्य र अकिब इल्यास २ रनमा आउट भएपछि नेपालले उत्कृष्ट सुरावत गर्यो। प्रजापतिलाई पहिलो ओभरमा करण केसी र इल्यासलाई रिजन ढकालले दोस्रो ओभरमा...

कुन देशका कुन शहरमा कति बजे दसैँ टीकाको उत्तम साइत ? सोमबार, असोज १४, २०८१ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए।

शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा : २५ ठाउँको रेकर्ड ब्रेक आइतबार, असोज १३, २०८१ मौसमविद् गोविन्द झाका अनुसार ती ठाउँहरूमा मापन केन्द्र स्थापना भएदेखि यताकै सर्वाधिक वर्षा भएको हो।सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो। त्यसआधारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिबार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भयो।

सर्वदलीय बैठकले के-के निर्णय गर्यो? आइतबार, असोज १३, २०८१ सरकारले बोलाएको सर्वदलीय बैठकले विपत्को यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजीक्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने निर्णय गरेको छ।कार्यवाहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजीक्षेत्र, आम नागरिक र सङ्घसंस्थाहरूलाई अपिल गर्ने निर्णय...

अपडेट : बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १७० पुग्यो आइतबार, असोज १३, २०८१ गृहमन्त्रालयका अनुसार आइतबार साँझ साढे ७ बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो। अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते छन्।
-1727621330.jpg)
रूपन्देहीमा हराएको दूध बोक्ने गाडी फेला पर्यो, चालक र सहचालक बेपत्ता आइतबार, असोज १३, २०८१ शनिबार बिहानै मर्चवारदेखि दूध सङ्कलन गर्दै अन्यत्र सङ्कलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जीप आइतबार साँझ ६ बजे सिद्धार्थनगर नगरपालिका–१० र मायादेवी गाउँपालिका–२ मा पर्ने घाँघरा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताइन्।

अझै हल्का वर्षाको सम्भावना आइतबार, असोज १३, २०८१ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जानकारी गराएको छ। विभागकानुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ।

सहकारीको रकम अपचलन: छविलाल जोशीको बयान सकियो आइतबार, असोज १३, २०८१ सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ। जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो।

प्राकृतिक विपद्: ऊर्जा तर्फ दुई अर्ब ४५ करोडको क्षति आइतबार, असोज १३, २०८१ यस्तै, सिँचाइतर्फ एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ। रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ। कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ। सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा...

झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो आइतबार, असोज १३, २०८१ धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।









