गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन आइतबार, असोज १३, २०८१
-1727578040.jpg)
७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी आइतबार, असोज १३, २०८१ बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए । बीपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेको तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी...

प्रचण्डले बोलाए सर्वदलीय बैठक आइतबार, असोज १३, २०८१ सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ । आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
-1727575717.jpg)
कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक आइतबार, असोज १३, २०८१ अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् ।

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च आइतबार, असोज १३, २०८१ सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

सप्तकोशीमा पानीको बहाव अझै घटेन आइतबार, असोज १३, २०८१ निरन्तरको वर्षा रोकिए पनि सप्तकोशी ब्यारेजमा पानीको बहाव अझै उच्च नै छ ।आइतबार बिहान ६ बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

आज पनि मुलुकका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने आइतबार, असोज १३, २०८१ देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्रिविको परीक्षा स्थगित शनिबार, असोज १२, २०८१ त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बीएड, बीबीएस र बी.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।

नागढुंगा नजिकै झ्याप्लेखोलामा पहिरोले २ वटा बस पुर्यो, १४ जनाको शव निकालियो शनिबार, असोज १२, २०८१ त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।

विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, ठूलो जनधनको क्षति शनिबार, असोज १२, २०८१ नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न सरकारको आग्रह शनिबार, असोज १२, २०८१ सरकारले भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

इजरायली आक्रमणमा हेजबुल्लाह प्रमुख मारिए शनिबार, असोज १२, २०८१ इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा शनिबार, असोज १२, २०८१ काठमाडौं उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।









