News Griha :: न्यूजगृह
प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

‘अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न’ सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ । आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०७:५५
Weather Update