News Griha :: न्यूजगृह
बाढी र डुवानबाट काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता
बाढी र डुवानबाट काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने
आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए।
भक्तपुर पूरै डुबानमा, ५ जना बेपत्ता
भक्तपुर पूरै डुबानमा, ५ जना बेपत्ता जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन्। उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए।
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता
ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन्।
काठमाडौंको नदी करिडोरका सडक बन्द
काठमाडौंको नदी करिडोरका सडक बन्द काठमाडौंको बागमती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्। सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ।
बाढीपहिरोमा परी ६ जनाको मृत्यु
बाढीपहिरोमा परी ६ जनाको मृत्यु प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरोलगायत विपद्का घटना भएका छन्। २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएका हुन्
बल्खु खोलामा एकजनाको शव भेटियो
बल्खु खोलामा एकजनाको शव भेटियो काठमाडौंको बल्खु खोला किनारमा एउटा शव फेला परेको छ। शवको सनाखत भएको छैन।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी पुगेर शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ।
कुलेखानी जलाशय भरियो, २ वटा गेट आंशिक खोलियो
कुलेखानी जलाशय भरियो, २ वटा गेट आंशिक खोलियो अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरिएको छ ।जलाशयमा पानीको सतह बढी भएर पानी ‘स्पिल वे’बाट बाहिर जान थालेपछी शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रुपमा खोलिएको छ ।
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ।
त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो
त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।
कुलेखानी जलसतहको सतर्कता तह पार, बाँध खोल्ने तयारी
कुलेखानी जलसतहको सतर्कता तह पार, बाँध खोल्ने तयारी मकवानपुरस्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयले निरन्तरताको वर्षाका कारण सतर्कता तह पार गरेको छ। कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ। 
Weather Update