News Griha :: न्यूजगृह
भक्तपुर पूरै डुबानमा, ५ जना बेपत्ता

काठमाडौं— अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी करिब पाँच जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन्। उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए।

मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ। घट्टेखोलाले पुल नै भत्काएको छ ।

भक्तपुरको सिद्दी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन्।

manohara_river-1727499407.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १०:४२
Weather Update