News Griha :: न्यूजगृह
अपडेट : काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु [नामावली]
अपडेट : काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु [नामावली] बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ ।
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय
हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द
वर्षाको प्रभाव : करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोशी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।
अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । 
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, सम्पूर्ण आवतजावत बन्द पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोशी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । 
बाढीपहिरो र डुबानमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय 
बाढीपहिरो र डुबानमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय  त्यस्तै, अवरुद्ध सडक तत्काल खोल्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल लिने निर्णय गरेको छ । खानेपानी, विद्युतलगायतका सेवा सुचारु गर्नेबारे पनि सम्बन्धित मन्त्रालयले समन्वय गरी काम थाल्ने सरकारले निर्णय गरेको छ ।
काठमाडौंलाई‌ विद्युत् सप्लाइ गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध
काठमाडौंलाई‌ विद्युत् सप्लाइ गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध यो १३२ केभीको प्रसारण लाइन हो। यसबाट विद्युत् आपूर्ति‌ बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौंलाई बिजुली अपुग हुनेछ।
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।
ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो
ललितपुरको हात्तीवनमा बस खाल्डोमा पस्यो जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी तथा प्रवक्ता नरहरि रेग्मीका अनुसार बसको पछाडिको भाग खाल्डोमा परे पनि कुनै मानवीय क्षति भने भएको छैन ।
अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।
माथिल्लो मनाङमा हिमपात
माथिल्लो मनाङमा हिमपात हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले...
बाढी पहिरो अपडेटः देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता
बाढी पहिरो अपडेटः देशभर ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।शनिबार दिउँसो २ बजेसम्म देशभर ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।
Weather Update