News Griha :: न्यूजगृह
नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
नागढुङ्गाको नागमन्दिरमा पहिरो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्णरूपमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्।
निरन्तर वर्षाः पूर्वमा अरुणदेखि पश्चिममा बाणगङ्गासम्मका नदीमा उर्लियो बाढी
निरन्तर वर्षाः पूर्वमा अरुणदेखि पश्चिममा बाणगङ्गासम्मका नदीमा उर्लियो बाढी अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ। विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ।
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा ललितपुरको किष्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ। स्थानीय प्रहरीका अनुसार अस्पतालको तल्लो तलामा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ। 
वनस्थलीको नालीमा मोटरसाइकल खस्दा बेपत्ता हुने सिन्धुपाल्चोकका राजन श्रेष्ठ, खोजी जारी [अपडेट]
वनस्थलीको नालीमा मोटरसाइकल खस्दा बेपत्ता हुने सिन्धुपाल्चोकका राजन श्रेष्ठ, खोजी जारी [अपडेट] काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ। बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल नालीमा खसेको हो। 
डेङ्गु नियन्त्रणका लागि डा पुनको नेतृत्वमा कार्यदल गठन 
डेङ्गु नियन्त्रणका लागि डा पुनको नेतृत्वमा कार्यदल गठन  देशभरी डेङ्गु फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर पुनको नेतृत्वमा शुक्रबार तीन सदस्यीय सुझाव कार्यदल गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।
काठमाडौं उपत्यकाका नदीहरुको जलसतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह
काठमाडौं उपत्यकाका नदीहरुको जलसतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
६० किलो सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बागमतीले पार गर्‍यो खतराको तह
बागमतीले पार गर्‍यो खतराको तह शुक्रबार बागमती नदीस्थित खोकनामा रहेको जलमापन केन्द्रमा ४ मिटरको खतरा तह पार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
वनस्थलीमा खोलाले मोटरसाइकल बगायो, चालक बेपत्ता
वनस्थलीमा खोलाले मोटरसाइकल बगायो, चालक बेपत्ता शुक्रबार साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका–१५ वनस्थलीस्थित बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाउँदा चालक बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई हिरासतमा राख्न ७ दिन म्याद थप
गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई हिरासतमा राख्न ७ दिन म्याद थप गोर्खा मिडिया प्रालिमा विभिन्न ५ सहकारीबाट ६५ करोड रुपैयाँभन्दा बढी रकम गैरकानुनी रुपमा भित्र्याएर अपचलन गरेको भन्दै सहकारीको बचत रकम छानबिनका लागि गठित संसदीय विशेष समितिले उनलाई समेत कारबाहीको सिफारिस गरेको थियो।
भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित
भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ।
Weather Update