News Griha :: न्यूजगृह
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन्।
खसी र गहना बजारदेखि टिकट काउन्टरसम्म काठमाडौं प्रहरीले गस्ती गर्ने
खसी र गहना बजारदेखि टिकट काउन्टरसम्म काठमाडौं प्रहरीले गस्ती गर्ने प्रहरीले बैंकका एटीएम रहेका स्थान, धार्मिक स्थल, शक्तिपीठ र पूजास्थलमा पनि गस्ती गर्नेछ। प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताए।
प्रतिकूल मौसम: आन्तरिक हवाई उडान रद्द  
प्रतिकूल मौसम: आन्तरिक हवाई उडान रद्द   भारी वर्षाले अन्तर्राष्ट्रिय उडानलाई भने असर नपुर्‍याएको उनले बताए। शुक्रबार ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका रहेको छ। आन्तरिकतर्फ दुईतर्फी गरेर ३ सय वटा उडान गर्न ७ वटा आन्तरिक वायुसेवाको तालिका थियो। बिहान ६ बजेदेखि राति १० बजेसम्म आन्तरिक वायुसेवाले सुगम रुटमा उडान गर्छन्।
काठमाडौंसहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्यस्त
काठमाडौंसहित देशभर भीषण वर्षा, जनजीवन अस्तव्यस्त काठमाडौं उपत्यकासहित देशभर भइरहेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ।गएरातिदेखि मनसुनी वायुको प्रभाव र भारतको उत्तर मध्य महाराष्ट्र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले आज देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बीपी राजमार्ग एकतर्फी सञ्चालन
बीपी राजमार्ग एकतर्फी सञ्चालन बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।
आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक  
आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक   औषधि व्यवस्था विभागले बाराको आर्या फार्माल्याब बाट उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ। उक्त कम्पनीको एफ्र्लोक्स सस्पेन्सन नामक अफ्लोक्सासिन नामक झोल औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो। 
दसैँ–तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन
दसैँ–तिहारमा काठमाडौंमा ३ हजार ७६५ प्रहरी परिचालन दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ। लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ।
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरूको लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्।उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग साइडलाइन भेटवार्ता गरेका छन्।
१४ स्थानमा वर्षाले चेतावनीको तह पार गर्‍यो
१४ स्थानमा वर्षाले चेतावनीको तह पार गर्‍यो जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड भएको छ। मधेस प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षाको रेकर्ड छ।
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने बाटो बन्द स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। 
लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध
लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नरोकिएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए।
लोक गायक नारायण रायमाझीलाई मातृशोक
लोक गायक नारायण रायमाझीलाई मातृशोक उनीहरूकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा मृत्यु भएको हो।
Weather Update