News Griha :: न्यूजगृह
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं— संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन्।

बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरूको लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन्।उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरूसँग साइडलाइन भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन्। सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:१०
Weather Update