कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? शुक्रबार, असोज ११, २०८१

सातै प्रदेशमा भारी र यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने सम्भावना शुक्रबार, असोज ११, २०८१ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अपडेट: सप्तकोशी नदीमा खसेको बसमा थिए १७ यात्रु, चालक पक्राउ बिहीबार, असोज १०, २०८१ ब्यारेजको ३५ नम्बरको ढोकादेखि दक्षिणतर्फ रहेको पर्खाल भत्काएर नदीमा खसेको बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्सको बसमा सवार सबै यात्रुको उद्धार भएको सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश बिहीबार, असोज १०, २०८१ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो।

इलामको सन्दकपुरमा भेटियो जंगली ठुटे खरायो बिहीबार, असोज १०, २०८१ इलामको सन्दकपुरमा फरेस्ट पाइका नामको जंगली ठुटे खरायो भेटिएको छ।

गाँजा तस्करीका आरोपित प्रहरी हवल्दारसहित तीन जना थुनामा बिहीबार, असोज १०, २०८१ लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

स्वाट्टै घट्यो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम बिहीबार, असोज १०, २०८१ मंगलबारदेखि घट्न थालेको उपत्यकाको अधिकतम तापक्रम आज (बिहीबार) २५.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो अर्थात् बुधबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो भने मंगलबार पनि यत्ति नै थियो।
![सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार [अपडेट]](https://newsgriha.com/uploads/posts/image-1727359258.jpg)
सप्तकोशी नदीमा खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्धार [अपडेट] बिहीबार, असोज १०, २०८१ विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ।

सप्तकोशी नदीमा बस खस्यो बिहीबार, असोज १०, २०८१ बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साँझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो।

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार, असोज १०, २०८१ सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।

धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ बिहीबार, असोज १०, २०८१ आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ मागेको भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा दिन भनेका थिए। उक्त टेलिफोन संवाद सार्वजनिक भएपछि उनलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।

युद्धविराम गर्न इजरायलको अस्वीकार, नेतान्याहुले दिए लेबनानमा ‘पूर्ण युद्ध जारी राख्न’ निर्देशन बिहीबार, असोज १०, २०८१ अमेरिकालगायत १२ देशले युद्धविरामका लागि आग्रह गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन्।

अग्नि सापकोटाविरुद्धको मुद्दाको अनुसन्धानको सक्कलै फाइल पेस गर्न सर्वोच्चको आदेश बिहीबार, असोज १०, २०८१ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा हालसम्म भएका प्रगति विवरण माग भएको छ।सर्वोच्चले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको हो। संवैधानिक इजलासले बुधबार जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेस गर्न आदेश गरेको छ।









