धौलागिरी हिमशृङ्खलाको फेदीमा चौँरी बिहीबार, असोज १०, २०८१

भोलि र पर्सि रात्रिबस नचलाउन आग्रह बिहीबार, असोज १०, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ। त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि (असोज ११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमान्ड पोष्टले गरेको छ।

करिब २१ करोडमा सुस्तामा बनाइयो झोलुङ्गे पुल, राष्ट्रपतिले गरे उद्घाटन बिहीबार, असोज १०, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरेका छन्।सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो। भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ।

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार बिहीबार, असोज १०, २०८१ नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो।

अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते बिहीबार, असोज १०, २०८१ बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्।

बेलायतले लगानी सम्मेलनमा एलन मस्कलाई नबोलाउने बिहीबार, असोज १०, २०८१ गत महिना साउथपोर्टमा छुरा प्रहार गरी तीन बालिकाको हत्या भएपछि देशभर हिंसात्मक झडप भएको थियो। यसपछि मस्कले बेलायतका प्रधानमन्त्री किअर स्टार्मरलाई आफ्नो सामाजिक सञ्जाल एक्समा लगातार हमला गर्दै देश गृहयुद्ध तर्फ गइरहेको उल्लेख गरेका थिए।

रवि पक्राउ पर्ने भयले चीनबाट फर्किए रास्वपाका नेता बिहीबार, असोज १०, २०८१ चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता फर्किएका छन्। उपसभापति स्वर्णीम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार फर्किएको हो।

दुई महिनामा २ करोड ९९ लाख रुपैयाँको प्याज आयात बिहीबार, असोज १०, २०८१ चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रुपैयाँको प्याज आयात गरिएको छ।

धानबाली नकाट्न किसानलाई आग्रह बिहीबार, असोज १०, २०८१ मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडि बढाएका छन्। बाढीको उच्च जोखिम रहेका क्षेत्रमा नगर प्रहरी परिचालन गरी सर्वसाधारणलाई सचेत पार्ने कार्य हुन थालेको हो।

स्थानीय तह उपनिर्वाचनको कार्यक्रम सार्वजनिक, मंसिर २ मा उम्मेदवारी दर्ता बिहीबार, असोज १०, २०८१ निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ।

विदेशी मुद्रा सञ्चिति २१ खर्ब नजिक बिहीबार, असोज १०, २०८१ नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो। असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो।

एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड बिहीबार, असोज १०, २०८१ चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो।

इन्स्पेक्टरमाथि बलात्कार सम्बन्धी मुद्दामा ‘फसाइदिने’ भन्दै ३० लाख रुपैयाँ असुलेको आरोप बिहीबार, असोज १०, २०८१ ललितपुरस्थित प्रहरी प्रभाग, भैँसेपाटीका प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उनको जिम्मेवारी खोसिएको हो।









