News Griha :: न्यूजगृह
रवि पक्राउ पर्ने भयले चीनबाट फर्किए रास्वपाका नेता

काठमाडौं— चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता फर्किएका छन्। उपसभापति स्वर्णीम वाग्लेको नेतृत्वमा गएको टोली बिहीबार फर्किएको हो।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फर्किएका हुन्।

परिस्थिति र अवस्थालाई हेरेर ९ दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनले बताए।

सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय विशेष छानविन समितिले रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ।

यद्यपि, लामिछाने आफू निर्दोष रहेको र आफूलाई गिरफ्तारी गरिए जनताले बचाउने अभिव्यक्ति दिँदै आएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:२५
Weather Update