News Griha :: न्यूजगृह
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना नगर प्रहरी पक्राउ
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना नगर प्रहरी पक्राउ बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरका दुई जना नगर प्रहरी पक्राउ परेका छन्। बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो।
इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ, नेपाल ल्याइयो
इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ, नेपाल ल्याइयो अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए।
आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी
आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एकपटक पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन्।बीबीसीका अनुसार पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए। यसमा उनले सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताएका छन्।
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको?
सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको? नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो। तोलामा तीन सयले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। 
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता
प्रधानमन्त्री ओली र बङ्गलादेशका अन्तरिम सरकार प्रमुखबीच भेटवार्ता न्युयोर्कमा जारी संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन आएका दक्षिण एसियाका दुवै सरकार प्रमुखबीचमा पहिलो पटक साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको हो।
सरकारले फेरि थाल्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया, अन्तर्वार्तामा नआएकालाई पुन: बोलाइयो
सरकारले फेरि थाल्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया, अन्तर्वार्तामा नआएकालाई पुन: बोलाइयो सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया फेरि थालेको छ। यसअघि सर्टलिस्टमा परेका तर अन्तर्वार्ता तथा कार्यप्रस्तुतीमा सहभागी नभएका तीन जना उम्मेदवारलाई फेरि कार्यप्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको छ।
सबै प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह
सबै प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको  जनाएको छ।
सर्लाहीमा गोली चल्यो, महिलाको मृत्यु, एक जना घाइते
सर्लाहीमा गोली चल्यो, महिलाको मृत्यु, एक जना घाइते सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
पहिरोले कान्ति लोकपथ अवरुद्ध मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले आज संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घको ७९‌औं महासभालाई सम्बोधन गर्दैछन्। न्युयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो
आजको विनिमयदर: अमेरिकी डलर घट्दा युरोको मूल्य बढ्यो नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १८ पैसा रहेको थियो। 
Weather Update