News Griha :: न्यूजगृह
चीनले दशकौँपछि गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण
चीनले दशकौँपछि गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। क्षेप्यास्त्र स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।
बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा
बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असार १३ गते आइतबारसम्मै रहने बताइएको छ।
नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो । 
मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध
मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयको अवरोध गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका स्थानीय बासिन्दाहरूले हेलिकप्टर उडानमा अवरोध गरेका छन्। निषेधित क्षेत्र हटाउनुपर्नेलगायत मागसहित उनीहरूले हेलिकप्टर उडानमा रोक लगाएका छन्। 
जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी
जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ। विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। केन्द्र शासित प्रदेशका छ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन्। 
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार
नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ। बजार बढ्दा कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो।
सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज
सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए। 
चट्याङ लागेर कञ्चनपुरमा दुईजनाको मृत्यु
चट्याङ लागेर कञ्चनपुरमा दुईजनाको मृत्यु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण आर्थिक वर्ष ०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। यो आर्थिक वर्ष २०८०–८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो। एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो।
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ। पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। 
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विदेशमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन्। 
दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी
दाङमा चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो।
Weather Update