दुर्गा प्रसाईंले थाले हिरासतमै अनशन मंगलबार, असोज ८, २०८१

मन्जुरीबिना विवाह गरेका नाबालकलाई जबरजस्ती करणी मुद्दा नचलाइने मंगलबार, असोज ८, २०८१ महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मन्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ।
![कास्की प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा [सुचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-Police1683699981.png)
कास्की प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा [सुचीसहित] मंगलबार, असोज ८, २०८१ प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन्।

१ सय ७९ जना कैदीलाई प्यारोलमा राख्ने निर्णय मंगलबार, असोज ८, २०८१ कारागारमा थुनामा रहेका १ सय ७९ जना कैदीहरूलाई प्यारोलमा राख्ने निर्णय गरिएको छ। संघीय प्यारोल बोर्डको बैठकले १७९ जनालाई प्यारोलमा राख्ने निर्णय सिफारिस गरिएको महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए।

सहकारीको ठगी रकम फिर्ता गरे आरोपितमाथि मुद्दा नचल्ने ! मंगलबार, असोज ८, २०८१ महान्यायाधिवक्ताले सहकारी ठगीमा आरोप लागेका व्यक्तिले ठगी गरेको रकम फिर्ता गरेमा उसलाई मुद्दा नचलाउने निर्देशन जारी गरेका छन्। महान्यायाधिवक्ता रमेश बडालले सहकारीको ठगी भएको रकम फिर्ता गरेका त्यस्ता व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने निर्देशन जारी गरेका हुन्।

कार्यसम्पादन सम्झौताको प्रगति विवरण प्रत्येक महिना प्रधानमन्त्रीलाई लिखित बुझाउनुपर्ने मंगलबार, असोज ८, २०८१ मन्त्रालयका सचिव तथा सम्बन्धित निकायका प्रमुखहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सूचकहरुको विवरण मुख्यसचिवमार्फत् प्रधानमन्त्रीसमक्ष लिखित रुपमा जानकारी गराइनेछ।

धानखेतमा भेटियो शिशुको शव मंगलबार, असोज ८, २०८१ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धानखेतमा फेला परेको हो। शिशु सोमबार साँझ साढे सात बजे घरबाट हराएका थिए।

रविको फेसबुक लाइभमा दाबी— छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ मंगलबार, असोज ८, २०८१ उनले आज साँझ फेसबुक लाइभमा सहकारी प्रकरणमा विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ सूचना पाइने र त्यही सूचनाका आधारमा आफूलाई पक्राउ गर्ने उद्देश्यका साथ छविलाललाई पक्राउ गरिएको बताए।
-1714474494.jpg)
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ मंगलबार, असोज ८, २०८१ झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

कोदोबारीमा भेटिएको ‘ह्यान्ड ग्रिने’ सेनाद्वारा डिस्पोज मंगलबार, असोज ८, २०८१ शंकास्पद वस्तु ह्यान्ड ग्रिनेड भएपछि घटनास्थल प्रहरीले घेरेर राखेको थियो। बम पुरानो भएकाले द्वन्द्वकालको हुनसक्ने अनुमान गरिएको छ। बम फेला परेको करिब ८ घण्टापछि डिस्पोज गरिएको प्रहरीले जनाएको छ।

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान मंगलबार, असोज ८, २०८१ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

दुर्गा प्रसाईंसँग २ घण्टा बयान‚ आरोप स्विकारे मंगलबार, असोज ८, २०८१ बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप कबुल गरेका छन्। यसअघि आजै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन मंगलबार, असोज ८, २०८१ जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।









