News Griha :: न्यूजगृह
इजरायली आक्रमणमा लेबनानमा ५० को मृत्यु, ३ सय घाइते
इजरायली आक्रमणमा लेबनानमा ५० को मृत्यु, ३ सय घाइते इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घाइते हुनेमा महिला, बालबालिका तथा स्वास्थ्यकर्मीसमेत छन् । सोमबारको आक्रमण गत अक्टुबर ७ यताकै ठूलो भएको बताइएको छ ।
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताएका छन्।
मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष ठाकुरलाई ८ वर्ष कैद
मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष ठाकुरलाई ८ वर्ष कैद विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष गजेन्द्र कुमार ठाकुरलाई ८ वर्ष कैद सजाय तोकेको छ।मेलम्ची भ्रष्टाचारको आरोपमा दुई साताअघि पाँच जनालाई दोषी ठहर गरेको विशेष अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैद सहित १० करोड १० लाख जरिवाना गरेको हो।
सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ?
सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ? धुव्रप्रसाद चौलागाइँले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो।
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो।
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेसन हिस्ट्री प्रहरीले मागेको छ।
काठमाडौंको गहना पोखरीमा डुबेर बालिकाको मृत्यु
काठमाडौंको गहना पोखरीमा डुबेर बालिकाको मृत्यु टोखा नगरपालिका–२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा घर भई सोही नगरपालिका–८ बस्ने ४ वर्षीया गुराँस सहनीको मृत्यु भएको हो।
५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा
५९ अंकले घट्यो नेप्से, परिसूचक २५२९ बिन्दुमा घटेको बजारमा कारोबार रकम पनि कम भएको छ। आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ। जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि ६ दिन विद्यालय बिदा दिने सूचना गरेको हो।
पर्सामा अत्यधिक गर्मीले ८ छात्रा बेहोस
पर्सामा अत्यधिक गर्मीले ८ छात्रा बेहोस पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका ८ जना विद्यार्थी अत्यधिक गर्मीले बेहोस भएका छन्।सोमबार अत्यधिक गर्मीका कारण छात्राहरु कक्षा कोठामा बेहोस भएको शिक्षक अनिल गिरीले बताए। कक्षा ७ र कक्षा ९ का छात्राहरु बेहोस भएका थिए।
हिरासत छल्न दुर्गा प्रसाईं अस्पताल भर्ना
हिरासत छल्न दुर्गा प्रसाईं अस्पताल भर्ना प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्।उनी आइतबार रातिनै वीर अस्पताल भर्ना भएका हुन्।
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।  साइबर अपराधको आरोपमा प्रसाईँ आइतबार पक्राउ परेका हुन्।
Weather Update