दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ।
प्रसाईंका कानुन व्यवसायी बन्दीप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन्।
निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। साइबर अपराधको आरोपमा प्रसाईँ आइतबार पक्राउ परेका हुन्।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १४:०३