
काठमाडौं— मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेका छन्।
उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु भएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।
उनले प्रसाईं गम्भीर खालको बिरामी भएकाले स्वास्थ्यमा तलमाथि हुने अवस्था रहेपनि प्रहरी गम्भीर बनेको आरोप लगाए। वीर अस्पतालले डिस्चार्ज गरिदिएछि प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बयानका लागि दुर्गालाई लगेको थियो।
त्यहाँ २ घण्टा बयान भएपछि उनले पुनः अस्पताल लैजान आग्रह गरेपछि अस्पतालले डिस्चार्ज गरिसकेकाले हिरासतमै राख्ने भनेर प्रहरी सिंहदरबार वृत्तमा लगेको थियो।
यो पनि पढ्नुहोस
दुर्गा प्रसाईंसँग २ घण्टा बयान‚ आरोप स्विकारे
तर, वृत्तको हिरासतमै राखिएको भन्दै प्रसाईँले विरोध गरेका हुन्।
साइबर अपराधको आरोपमा प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो। उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट समेत हालेका छन् भने मंगलबार अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।