News Griha :: न्यूजगृह
कास्की प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा [सुचीसहित]

काठमाडौं— नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन्।

उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा भएका छन्। उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन्।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन्। त्यस्तै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका प्रमुख पनि फेरिएका छन्।

हेर्नुहोस सरुवा सुची: 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:४५
Weather Update