News Griha :: न्यूजगृह
असोज १२ गतेबाट दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने
असोज १२ गतेबाट दसैँका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने दसैँका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ।
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ। 
स्नातक पासको प्रमाणपत्र नभएपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता
स्नातक पासको प्रमाणपत्र नभएपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता राजदूतमा सिफारिस भएको समयसीमा घर्किन लागेको र निर्णय लिनैपर्ने जानकारी गराएपछि भट्टराईले नाम फिर्ता लिने जानकारी गराएको न्यौपानेले बताइन्।
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री बिर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए। 
इजरायली आक्रमणबाट लेबनानमा एकै दिन ४९२ जना मारिए, १६ सय घाइते
इजरायली आक्रमणबाट लेबनानमा एकै दिन ४९२ जना मारिए, १६ सय घाइते बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन्। इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने यकिन भएको छैन।
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण 
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण  परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्। २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा कायम...
चाडवाडको मुखमा खाने तेलमा अत्यधिक मूल्यवृद्धि
चाडवाडको मुखमा खाने तेलमा अत्यधिक मूल्यवृद्धि यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ। उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन। पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ।
नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना
नवलपुरको विनयी त्रिवेणीमा यात्रुवाहक बस दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
क्यानडाको लिग–२ सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल
क्यानडाको लिग–२ सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल क्यानडा भ्रमणमा रहेको नेपालले लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।क्यानडामा भएको लिग–२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टारियोमा नेपाली समयअनुसार आज बेलुकी ८४५ बजे खेल सुरु हुनेछ।
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति
धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति यस वर्षको शरद् याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन्। विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । 
Weather Update