News Griha :: न्यूजगृह
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
फाइल तस्बिर।

काठमाडौं— घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ। 

बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने छ।

तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:५२
Weather Update