हिरासत फोडेर भागेका ३ थुनुवा पक्राउ सोमबार, असोज ७, २०८१

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी, को कहाँ? सोमबार, असोज ७, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि नेताहरुलाई जिम्मेवारी तोकेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो सोमबार, असोज ७, २०८१ सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

जुवा खेलिरहेका ७ जना काठमाडौंबाट पक्राउ, पक्राउ पर्नेमा नेपाल, भारत र चीनका नागरिक सोमबार, असोज ७, २०८१ काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित ७ जना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा जुवा खेलाउने मुख्य चिनियाँ नागरिकसहित ७ जना पक्राउ परेका हुन्।

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा सोमबार, असोज ७, २०८१ दूतावासका अनुसार उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएका हुन्। उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलङ्का दूतावासले गरिरहेको छ।

स्त्री–२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म सोमबार, असोज ७, २०८१ बलिउड फिल्म स्त्री २ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ। अहिलेसम्म फिल्म स्त्री २ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ।

दुर्गा प्रसाईँका समर्थकले झापामा जलाए तीन वटा मालबाहक ट्रक सोमबार, असोज ७, २०८१ प्रसाईँका समर्थकले गएराति ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए। चारपाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ।
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम सोमबार, असोज ७, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो।
-1719582814.jpg)
नेताहरुको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी सोमबार, असोज ७, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको हो। हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो।

पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप सोमबार, असोज ७, २०८१ पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो।

गर्भपतनका औषधि खुलमखुला बिक्री, छैन प्रभावकारी नियन्त्रण सोमबार, असोज ७, २०८१ जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत मीना यादवले अनुमतिप्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून रहेको बताए।

छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै सोमबार, असोज ७, २०८१ आइतबार अपरान्ह काठमाडौंको बानेश्वरबाट पक्राउ गरी जोशीलाई राति नै पोखरा लगिएको थियो। जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

न्युयोर्कमा नेपाली समुदायसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित सोमबार, असोज ७, २०८१ तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ।









