मध्यरातमा रविको प्रधानमन्त्रीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् ! सोमबार, असोज ७, २०८१

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु सोमबार, असोज ७, २०८१ सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।

किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ सोमबार, असोज ७, २०८१ डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन्।आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।

भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेः परराष्ट्रमन्त्री राणा सोमबार, असोज ७, २०८१ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान द्विपक्षीय भेटवार्ता भएको छ।

धनुषामा हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ सोमबार, असोज ७, २०८१ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आइतबार राति भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ।

नेपालको लगातार तेस्रो हार सोमबार, असोज ७, २०८१ क्यानडाले आईसीसी विश्वकप लिग–२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएकोछ। १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।क्यानडा जितमा नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए। परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रन...

प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेटवार्ता, के भयो कुराकानी? सोमबार, असोज ७, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेट भएको छ।ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो।भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन्। उनले भेट फलदायी भएको उल्लेख गरेका छन्।

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना सोमबार, असोज ७, २०८१ देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यसको अर्थ मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा पर छ। मनसुनको सिजनमा उत्तर दक्षिण सरिरहेन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सर्दा नेपालमा लगातार पानी पर्ने सम्भावना रहँदैन।

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी आइतबार, असोज ६, २०८१ पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए।

राष्ट्रसंघको सैनिक सल्लाहकारमा नेपालको उम्मेदवारी आइतबार, असोज ६, २०८१ नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा नेपालले उम्मेदवारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाएको हो। नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो।

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो आइतबार, असोज ६, २०८१ सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ।

रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड, रवि लामिछाने छलफलमा आइतबार, असोज ६, २०८१ सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेताकार्यकर्ताहरू बालाजुस्थित रास्वपा कार्यालयमा जम्मा भएका हुन्।

क्यानडाविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै आइतबार, असोज ६, २०८१ नेपालले आईसीसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।









